११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

अम्रिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी

अम्रिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी
अ अ+ अ-

धरान । गत वर्षको तुलनामा यस वर्ष अम्रिसोको भाउ बढेपछि किसान खुसी भएका छन् । धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्लिसो रू एक सय ५० मा किनबेच भइरहेको छ ।

गत वर्ष यही समयमा प्रतिकेजी रू एक सयसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश कृषक नगदेबाली छाडेर व्यावसायिकरूपमा अम्लिसो खेतीमा आकर्षित भएका छन् । अम्रिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्रिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताउनुभयो । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्रिसो बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । ओरालो र भिरालो ठाउँमा अम्लिसोको उत्पादन राम्रो हुने उहाँको भनाइ थियो ।

कुनै सयम बिक्री नभएर वस्तुचौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्लिसो खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताउनुभयो । “केही समय अगाडि प्रतिकेजी रू ९० देखि एक सयसम्ममा बिक्री हुने अम्लिसो अहिले बढेर रू एक सय ५० सम्म पुगेको छ”, उहाँले भन्नुभयो, “उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।”

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । “जुन वर्ष अम्लिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ”, उहाँले भन्नुभयोे । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उहाँले बताउनुभयो ।

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्य वृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्लिसो निकालेर बेच्न सुरु गरिएको व्यापारी राईले बताउनुभयो । मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उहाँको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्लिसो खेतीतर्फ आकर्षित हुन् ।

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्लिसो खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्लिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्लिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उहाँको भनाइ थियो ।

“अम्लिसोलाई प्रसोधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ । व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ”, व्यवस्थापक भट्टराईले भन्नुभयो । यहाँ भारतीय व्यवसायी आफैँ आएर लाने गरेकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो ।

वर्षमा ४५ देखि ५० मेट्रि«क टनसम्म अम्लिसो बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको उहाँको भनाइ थियो । रासस