११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ: प्रधानमन्त्री

अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गर्नुभएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “सबै दाजुभाइ दिदीबहिनीमा म आह्वान गर्दछु– अङ्गदान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो । तसर्थ, अङ्ग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु ।”

सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण एवं रचनात्मक हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलता सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

मानव अङ्ग प्रत्यारोपणका विज्ञ एकैठाउँ भेला भएर प्रत्यारोपणसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपण क्षेत्रका चुनौती सम्बोधन गर्न सम्मेलन सहयोगी हुने प्रधानमन्त्रीले बताउनुभयो । सामूहिक छलफलका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको स्मरण गर्दैै प्रधानमन्त्रीले गत वर्ष पनि यसबारे पुन: प्रतिबद्धता व्यक्त गरिसकेको दोहोर्‍याउनुभयो । “मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

मस्तिष्क मृत्युपछि अङ्गदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय रहेको प्रधानमन्त्रीको भनाइ थियो । “मस्तिष्क मृत्युपछि अङ्गदान गर्न आमसर्वसाधारण हिचकिचाइरहेको देखिन्छ ।

शरीरका विभिन्न अङ्ग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने महान् अभियानलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । रासस