२५ श्रावण २०८३, सोमबार
,
Latest
रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित साउनको अन्तिम सोमवार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड-फोटो फिचर धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस वागमती प्रदेश सम्मेलन शनिवार काठमाडौंमा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको प्रथम वागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस वागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौंमा हुने बताउनु भयो । उहाँले सम्मेलनको पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस वागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली काँग्रेसका श्रद्धेय सभापति एवं शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली काँग्रेस वागमती प्रदेश सभापति श्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौष ७ गते शनिवार बिहान ८:३० बजे समुद्घाटन हुनेछ ।’

काँग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।