११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान

आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान
अ अ+ अ-

गण्डकी । आन्तरिक पर्यटन प्रवर्द्धनमा आशा जगाउँदै पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न भएको छ । होटल सङ्घ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यसहित गत मङ्सिर २९ गतेदेखि उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध व्यवसायीबीच छलफल एवम् अन्तरक्रिया गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । अभियानमा पर्यटन सम्बद्ध नाट्टा, टानका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो । सो अवसरमा सङ्घका तर्फबाट पोखरा भ्रमणको निम्तो दिइएको थियो ।

पोखरा र त्यस वरपरको भ्रमणका लागि पाँचवटा प्याकेज सार्वजनिक गरिएका अध्यक्ष सुवेदीले जानकारी दिनुुभयो । दुई दशकअघि सुरु भएको ‘जाउँ है पोखरा’ अभियान प्रभावकारी बनेको थियो । कोभिड–१९ र बैंकको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको उल्लेख गर्दै उहाँले पर्यटनलाई पुुरानै लयमा फर्काउन आफूहरुले देशविदेशमा प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएको बताउनुुभयो ।

छलफल एवं अन्तक्र्रियाका क्रममा पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्देश्यलाई पूरा गर्न सीधा हवाई तथा स्तरीय बस सेवा आवश्यक पर्नेमा दुवैतर्फका व्यवसायी एकमत भएका थिए । सङ्घका महासचिव राजेन्द्र ढकालका अनुसार नेपालगञ्जमा आयोजित अन्तक्र्रियामा सीमानाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यहोर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्ने विषयमा चर्चा गरिएको थियो ।

त्यस्तै भैरहवामा आयोजित कार्यक्रममा सञ्चालनमा आएर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएको भन्दै त्यसका लागि संयुक्तरुपमा दबाब दिने सहमति भएको थियो । धनगढीमा आयोजित अन्तक्र्रियामा पोखरा र धनगढीबीच विगतमा भएको सीधा हवाई उडान पुन: सञ्चालन हुनुुपर्नेमा जोड दिइएको र महेन्द्रनगरमा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न दुुवै क्षेत्रका पर्यटन व्यवसायीले मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउँदै आएको उल्लेख गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकले नेपालमा भारतीय मुद्रा ल्याउन पाउने व्यवस्था यथाशीघ्र मिलाउनुुपर्नेमा जोड दिनुुभयो । पोखरा र गौतमबुद्ध विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गराउनुपर्ने उहाँको भनाइ थियो । पर्यटकीय नगरी पोखराका एक हजार दुई सय होटलमा ४० हजार श्यया रहेका र कूल १५ हजारले रोजगारी पाएका छन् । यहाँको होटलमा रु पाँच अर्बभन्दा बढीको लगानी भइसकेको सङ्घले जनाएको छ ।  रासस