५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्छ: सभामुख घिमिरे (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभएको हो । उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताउनु भयो । उहाँले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनु भयो ।

उहाँले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो । उहाँले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा ट्रेन के बढीरहेको छ भने विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि कसरी छिटो त्यसलाई खर्च गर्न सकिन्छ ? त्यो ढंगबाट गइरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो की होइन, यसको बारेमा इनालाइसिस गर्ने, त्यसलाई सिस्टममा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्व के छ भन्नेबारेमा धेरै बहस छलफलले हुँदैन । त्यसैले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा यी कुराहरु पुग्नुपर्छ । पहुँचमा पुर्‍याउने तरिकाहरु के हो भने संसद हो र जनताहरुबाट छानिएका सांसदहरु हुन् ।’

‘आज देशमा भइरहेको आर्थिक उन्नतिलाई अथवा देशको विकास गर्नलाई वैदेशिक संघसंस्थाहरुमार्फत, राष्ट्रहरुमार्फत कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदहरुले त्यसको प्रयोग कहाँ र कुन क्षेत्रमा कसरी गर्नुपर्छ भन्ने बजेट वा नीतिअन्तर्गत छलफल गरिसकेपछि त्यो कार्यान्वयनमा कसरी गइरहेको छ ? मनिटरिङ गर्ने कुराहरुमा संसद प्रभावकारी हुनुपर्छ । त्यो अहिलेको प्रणालीअन्तर्गत संसदीय समितिहरु नै यसको मनिटरिङ गर्ने मुख्य साधनहरु हुन् । उनीहरुले हरेक ठाउँमा कसरी प्रयोग भयो, कुन समयमा आयो ? समय भन्दा ढिलो किन भयो ? समयभित्रै ल्याएर किन प्रयोग गर्न सकिएन ? यी कुराहरुको बारेमा संसदीय समितिहरु प्रभवकारी ढंगबाट यसको मनिटरिङ गर्ने भुमिकामा रहन पुगे भने उनीहरुमार्फत जनताको बीचमा ती कुराहरु पुग्न सक्छन् । त्यसको जानकारी भइसकेपछि मात्रै त्यसको सही सदुपयोग हुन्छ । एयरपोर्टहरु बनाउने बारेमा हामीले सफलता पाएका छौँ तर त्यसलाई सञ्चालन गर्नेकुरामा हाम्रो ध्यान पुगेको छैन ।’

सभामुख घिमिरेले विमानस्थलहरु बनाउनेकुरामा सफलता हात लागेपनि त्यसको सञ्चानबारे कुनैध्यान नपुगेको बताउनु भयो ।




भर्खरै