२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि एउटा धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छु: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ धक्का दिएर आफ्नो कार्यकालको दोस्रो वर्षको सुरू गर्ने बताउनुभएको छ।

शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको बताउदै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गर्नुभएको हो ।

आफ्नो क्रमभङ्गमा आम नेपाली जनताको साथको अपेक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर, यहाँ मुख्यमन्त्रीजीले पनि भन्नुभयो क्रमभङ्ग । म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को । र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ’

नेपालमा धेरै सम्भावनाहरू रहेकोले जनतामा आत्मविश्वास जगाउने कामकोसुरुवात हुने बताउदै उहाँल भन्नुभयो, ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ । यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा । जनतामा आत्मविश्वास जगाउने कि निराशा ? हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौ ।’

प्रधानमन्त्रीले केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । उहाँले आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन समेत आग्रह गर्नुभयो ।