२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं: राजेन्द्र लिङ्देन बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि एउटा धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छु: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ धक्का दिएर आफ्नो कार्यकालको दोस्रो वर्षको सुरू गर्ने बताउनुभएको छ।

शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको बताउदै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गर्नुभएको हो ।

आफ्नो क्रमभङ्गमा आम नेपाली जनताको साथको अपेक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर, यहाँ मुख्यमन्त्रीजीले पनि भन्नुभयो क्रमभङ्ग । म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को । र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ’

नेपालमा धेरै सम्भावनाहरू रहेकोले जनतामा आत्मविश्वास जगाउने कामकोसुरुवात हुने बताउदै उहाँल भन्नुभयो, ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ । यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा । जनतामा आत्मविश्वास जगाउने कि निराशा ? हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौ ।’

प्रधानमन्त्रीले केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । उहाँले आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन समेत आग्रह गर्नुभयो ।