११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

सामूहिक बचतले आत्मनिर्भर बन्दै आहालेका मुसहर महिला

सामूहिक बचतले आत्मनिर्भर बन्दै आहालेका मुसहर महिला
अ अ+ अ-

सिरहा । ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका तराईका मुसहर अहिले सामूहिक बचतले गर्दा आत्मनिर्भर हुँदै गइरहेका छन् । समुदायमा आफ्नो झुपडीलाई बोराले बेरेर बस्नुपर्ने बाध्यता थियो भने जमिन धितो राखेर ऋण पाउन पनि उनीहरूलाई सकस हुन्थ्यो, अझ त्यसमाथि गाउँमा पिल्सिएर बसेका मुसहर महिलाको अवस्था झन दयनीय थियो ।

धनगढीमाई नगरपालिका–१२ आहालेका मुसहर महिला अहिले गाउँमै समूह बनाएर आत्मनिर्भर बन्दै गएका हुन् ।  उनीहरु महिना/महिनामा समूहमा पैसा जम्मा गर्छन् । काम परेको समयमा त्यही समूहबाट बिना धितो ऋण लिई आम्दानी भएपछि  तिर्छन् । “समूह गठन भएदेखि हामीलाई छोराछोरी पढाउन र बिरामी परेको बेला उपचार गराउन सहज भएको छ”, दुर्गा महिला छलफल केन्द्रका अध्यक्ष भुटी सदायले भन्नुभयो, “आफूले नपढे पनि छोराछोरीलाई विद्यालय पठाइरहेका छौँ । स–साना कामका लागि हामी समूहकै पैसा लिएर काम चलाउने गर्छौं ।”

नागरिकता, बालविवाह, गरिबी, स्वास्थ्य र शिक्षामा उचित पहुँच र समान सहभागिता नभएको यस बस्तीका मुसहर महिलालाई आत्मनिर्भर हुन त्यति सहज थिएन । तर एक्सन–एड नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब लहान शाखाले स्थानीय अधिकार कार्यक्रमअन्तर्गत यहाँका महिलालाई समूह बनाएर तरकारी खेती, बाख्रापालन, बचत र अधिकारका विषयमा सचेत गराइरहेको छ ।

उक्त संस्थाले घुम्ती कोष स्थापनाका लागि रु २५ हजार, बाख्रापालनका लागि बाख्रा र आयआर्जनका लागि समूहमा सिटी रिक्सा, खानेपानीका लागि ट्याङ्कीलगायत सहयोग गरेको छ । समूहमा आबद्ध महिलाले मासिक रु सय नियमित बचत गर्ने गरेका छन् ।

समूहकी सदस्य झबरी सदायले रु पाँच हजार ऋण लिएर तरकारी खेती लगाई नियमित आम्दानी गरिरहनुभएको छ । “महिनाको ५ गते नियमित बैठक बसेर हाम्रो समस्याबारे छलफल गर्ने गरेको छौँ । समस्या सामाधानका लागि सामूहिकरुपमा एक अर्कालाई सरसहयोग गर्ने गरेका छौँ”, उहाँले  भन्नुभयो, “बाख्रा पालनबाट रु ३०/३५ हजार घरैपिच्छे आम्दानी गर्न सफल भएका छौँ । समूहले पाएको सिटी रिक्साले गाउँका बिरामीलाई पनि अस्पताल पुर्‍याउन सहयोग भएको छ ।”

गाउँमा कोही बिरामी पर्दा संस्थाले उपलब्ध गराएको नि:शुल्क सिटी रिक्साबाट नजिकको अस्पतालसम्म पुर्‍याउने गरेका छौँ । यहाँका २२ घरका महिला समूहमा आबद्ध छन् । “संस्थाको २५ हजार सहयोग र हामीहरुको बचतले ८९ हजार पुगेको छ”, सोही समूहकी सिवर्ती सदायले भन्नुभयो, “हामीलाई समस्या पर्दा समूहमै छलफल गर्छौं । ज्याला बढाउन आन्दोलन पनि गर्‍याँै । हाम्रो ज्याला पनि बढेको छ तर, महिला र पुरुषबीच ज्यालामा अहिले पनि पूर्णरुपमा विभेद हट्न सकेको छैन । समूहमा आबद्ध भएदेखि बानी व्यवहारमा परिवर्तन आएको महसुस भएको छ ।”

आधारभूत आवश्यकता परिपूर्ति र अन्य सामाजिक कामका लागि साहुँसित ऋण लिनुपर्ने र सो ऋणको साँवासहित चर्को ब्याज तिर्नुपर्ने अवस्थाले गर्दा एक पुस्ताले चुक्ता गर्न नसकेको ऋण अर्को पुस्ताले तिर्नुपर्ने अवस्थासमेत देखिएकाले थोरै भए पनि आर्थिक सहयोग गरेर उनीहरुको जीविकोपार्जन सहज होस् भनेर पहल गरिएको दलित जनकल्यण युवा क्लबका अध्यक्ष उमेश विसुन्केले बताउनुभयो ।  रासस