• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

किरातीको भाषणबाट नयाँ/पुराना सबै घनघोर ‘अग्रगामी’हरू पनि आत्तिएको देखिनु राम्रो: रवीन्द्र मिश्र



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिलाई ‘व्यक्तिगत विचार’ले नभई त्यो ‘देशको विशिष्ट परिस्थितिबाट सृजित विचार’ले निर्देशित गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृतिमन्त्री सुदन किरातीले ‘राज्यका आँखामा सबै धर्म बराबरी हुन्, क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएपछि उपाध्यक्ष मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ/पुराना ‘प्रचण्डपथगामी’हरूलाई अब पनि आफ्नो विचारको बन्धक बनाउने प्रयास नगर्न आग्रह गर्नुभयो ।

उहाँले भित्र गुदी नभएका तर भाषणकला भएका नेताहरू समाजका लागि घातक हुन्छन् भन्दै किरातीको भाषणबाट नयाँ/पुराना सबै घनघोर अग्रगामीहरू पनि आत्तिएको देखिनु राम्रो कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “किराँतीले उत्तेजक भाषण गर्दा तालीको जुन बेग सुनियो त्यो बेगको शक्ति अबको १० वर्षमा दोब्बर हुनेछ। त्यो वेगको शक्तिले १० वर्षपछि तपाईंको धर्म र संस्कृतिमात्र होइन, जब तपाईंको घर र परिवारमा क्षति पुर्याउन थाल्छ अनि त्यतिबेला यो ूपश्चगामी दास”को एकोहोरो रटान याद गर्नुहोला।”

समय घर्किँदै गएकाले हाँगामा नभएर जरामै लागेको कीराको उपचार खोज्न आग्रह गर्दै उहाँले ‘सर्भिसिङ’ नभई ‘ओभरहलिङ’को जरूरत रहेको बताउनुभयो ।

आजसम्म भएका कमीकमजोरीका लागि सबैले सबैलाई क्षमा गरेर राजसंस्था, राजनीतिक दल र जनताबीच शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीमा जान उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “यस्तो समझदारीले नेपालका परम्परागत मूल्यमान्यता, धर्मसंस्कृति, देशको विशिष्ट परिस्थितिको जगमा ७२ सालको संविधानमा निहित राम्रा पक्षहरूलाई पनि अंगिकार गर्न सकोस् ।”