• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु

निजी लगानीमा मन्दिर निर्माण



मनहरी । हेटौंडाका एक जना समाजसेवीले रु एक करोड ५० लाखको लगानीमा मन्दिर निर्माण गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाकोे नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गर्नुभएको हो ।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गर्नुभएका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गर्नुभयो । व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बन्नुभएका उहाँ वाल्यकालदेखि नै धर्मकर्ममा लाग्नुभएको हो । भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उहाँले राससलाई बताउनुभयो ।

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उहाँ बताउनुहुन्छ । सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुट्नुभएका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताउनुभयो । वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो । रासस