६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामविरुद्ध सानदार जितसहित लिभरपुल कारावाओ कपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । लिभरपुल कारावाओ कप (इएफएल)को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा वेस्टहाम युनाइटेडलाई ५–१ गोलले पराजित गर्दै लिभरपुलले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई सहज जित दिलाउन कर्टिस जोन्सले दुई तथा डोमिनिक सोबोस्ज्लाई, कोडी ग्याक्पो र मोहमद सलाहले एक–एक गोल गरे । यता, वेस्टहामका जारोर्ड बोइनले एक गोल फर्काए ।

लिभरपुलले अब सेमिफाइनलको पहिलो लेग फुलहमसँग जनवरी ९ मा खेल्नेछ ।