२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण: राज्य व्यवस्था समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजियो- लेखा समिति सभापति पोखरेल



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाउनु भएको छ ।

पोखरेलले राज्य व्यवस्थापन समिति आफ्नो कार्यक्षेत्र भन्दाबाहिर गएको आरोप पनि लगाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ-

‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोड बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपील गर्दछु ।’

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल प्रकरणमा प्रधानमन्त्रीसंग जानकारी लिदै राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस- एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई संसदीय समितिको निर्देशन (भिडियोसहित)

यो पनि पढ्नुहोसएनसेलबारे प्रधानमन्त्रीस् कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही हुन्छ