२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः अनक्याप्ड शुभम दुबे ५.८० करोडमा बिके



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी लिलामी दुबईमा जारी छ । अस्ट्रेलियाका मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको थियो, गुजरातले पनि उनको लागि अन्तिमसम्म बोली लगायो ।

अनक्याप्ड ब्याट्सम्यान शुभम दुबे ५.८० करोडमा बिक्रि भए । राजस्थान रोयल्सले उनलाई टोलीमा भित्र्यायो । राष्ट्रिय टोलीमा खेल नखेलेका खेलाडीलाई अनक्याप्ड खेलाडी भनिन्छ ।

अस्ट्रेलियाका प्याट कमिन्स २० करोड ५० लाखमा बिक्रि भए ।

उनलाई स्टार्कभन्दा डेढ घण्टाअघि सनराइजर्स हैदरावादले किनेको थियो । यस लिलामीमा हर्षल पटेल सबैभन्दा महँगो भारतीय बने । उनलाई पञ्जाब किंग्सले ११.७५ करोडमा किन्यो ।