२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको गान्सु छिङहाई प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । गएराति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार भूकम्पको तीव्रता ६ दशमलव २ थियो । रिपोर्टका अनुसार भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै प्रान्तमा करिब १११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । गान्सुमा १०० र छिमेकी प्रान्त छिङहाइमा ११ जनाको मृत्यु भएको छ ।

भूकम्पको केन्द्रविन्दु छिङहाइको सिमानामा रहेको गान्सुको जिशिशान काउन्टीमा जमिनबाट १० किलोमिटर तल थियो । यद्यपि, अमेरिकी भूगर्भ सर्भेले भूकम्पको म्याग्निच्युड ५.९ रहेको जनाएको छ ।

सीसीटीभीका अनुसार भूकम्पका कारण पानी र बिजुलीका तारमा ठूलो क्षति पुगेको छ । साथै यातायात र सञ्चार पनि बिग्रिएको छ । अर्कोतर्फ चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपीडितको जीवन र सम्पत्तिको रक्षा गर्न तथा पीडितका लागि उचित व्यवस्था गर्न उद्धार टोलीलाई सबै खोज तथा उद्धार कार्य गर्न अपिल गरेका छन् ।