• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



एजेन्सी । आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई २-० गोलअन्तरले पराजित गर्यो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन खेलको ५३ औं मिनेटमा गाब्रियल जेजुसले तथा ८७ औ मिनेटमा काइ हाभेट्र्जले गोल गरे ।

आर्सनलको १७ खेलबाट ३९ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र एस्टन भिल्लाको समान ३८ अंक छ ।

हार ब्यहोरेको ब्राइटन भने २६ अंकका साथ नवौं स्थानमा छ ।