५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले थुप्रै युक्रेनी ड्रोन खसाल्यो



अ+ अ-

एजेन्सी । रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा ‘३३ वटा युक्रेनी ड्रोनहरू’ ‘नष्ट र अवरोध’ गरिएको मन्त्रालयले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।

भोल्गोग्राद क्षेत्रका गभर्नर एन्ड्रे बोचारोभले ड्रोन आक्रमणले त्यस क्षेत्रमा कुनै पनि हताहती वा विनाश ननिम्त्याएको बताउनु भएको छ ।

पछिल्ला दिनहरूमा रुसको सुरक्षा संयन्त्रले शङ्कास्पद ड्रोनहरू माथि निगरानी बढाएको छ र सकेसम्म नष्ट गर्ने रणनीति अपनाएको छ ।