२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई



अ+ अ-

काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । आयोजक टोली यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उपाधि उचालेको हो ।

बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४ ओभर पाँच बलमा ८७ रन बनाउँदा अलआउट भयो । उसका लागि ध्रुव परासरले सर्वाधिक २५ रन बनाए । बंगलादेशका मरुफ मृधा र रोहनत दुल्लाह बोर्सोनले ३र३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले अशिक रहमान शिब्लीको शतकको मद्दतमा २ सय ८२ रन बनाएको थियो ।

बंगलादेशले भारतलाई तथा यूएईले पाकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।