८ भाद्र २०८३, सोमबार
,
Latest
बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई



अ+ अ-

काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । आयोजक टोली यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उपाधि उचालेको हो ।

बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४ ओभर पाँच बलमा ८७ रन बनाउँदा अलआउट भयो । उसका लागि ध्रुव परासरले सर्वाधिक २५ रन बनाए । बंगलादेशका मरुफ मृधा र रोहनत दुल्लाह बोर्सोनले ३र३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले अशिक रहमान शिब्लीको शतकको मद्दतमा २ सय ८२ रन बनाएको थियो ।

बंगलादेशले भारतलाई तथा यूएईले पाकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।