१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र खेलकुदमन्त्रीद्वारा अस्वीकार (भिडियो सहित)

राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र खेलकुदमन्त्रीद्वारा अस्वीकार (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गर्नुभएको छ ।  

बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गर्नुभएको हो । परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरु सँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिना यता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताउनु भयो ।

बोर्ड सदस्य कुँवरले भन्नुभयो, ‘विगत ४÷५ महिनादेखि परिषद्को बैठक बस्न नसकेर अन्योलता छाएको छ । त्यसको निकासको निम्ति हामीले सबै साथीहरु मिलेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग यसको निकास मागेका थियौँ । तर उहाँले भेट्न चाहनुभएन । हामीले ज्ञापन पत्र बुझाएका छौँ र बैठक नबसेको लगभग डेढ वर्ष हुन लागेको छ । त्यस कारणले गर्दा यो बोर्डको बैठक छिटो भन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ । लिखित रुपमा निवेदन पनि दिएका छौँ । उहाँको भनाइ अनुसार अहिलेको अवस्थामा सदस्य सचिव नभएकोले गाह्रो छ भन्नुभएको छ । तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ । हामीले खेल र खेलाडीको लागि, खेलकुद परिषद् भित्रको अन्योलताको निकासको निम्ति आह्वान गरेका छौँ ।’  

त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाउनु भयो । उहाँले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिंग भइरहेको बताउनु भयो । उहाँले खेलाडी र खेलमा रजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गर्नुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति छ । खेल क्षेत्रमा नवौं राष्ट्रिय खेलकुद गर्नुपर्ने मन्त्री अकर्मण्यताका कारणले गर्दा लथालिंग छ । उहाँले सदस्य सचिव हटाउनु भयो । त्यो भएको कारणले बोर्डका सबै सदस्यहरुले छिटो बैठक बस्न माग गरिएको हो । मन्त्रीले भेट्न चाहनुभएको छैन । यहाँ दर्ता गरेर तत्काल बैठक बोलाइयोस् भन्ने माग हो । खेलकुदलाई दर्बिलो बनाउन  खेलमा राजनीति नगर्न मन्त्रीज्यूलाई आग्रह गर्दछौँ ।’

अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योलताको निकासका निम्ति राष्ट्रिय खेलकुद महासंघका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने समय मागेपनि भेट्न मन्त्री गहतराजले नभेटेको बताउनु भयो । उहाँले खेलकुद मन्त्रीको यस्तो व्यवहारले खेलाडीहरुको आत्मबल घट्दै गएको पनि बताउनु भयो ।