२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र खेलकुदमन्त्रीद्वारा अस्वीकार (भिडियो सहित)

राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र खेलकुदमन्त्रीद्वारा अस्वीकार (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गर्नुभएको छ ।  

बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गर्नुभएको हो । परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरु सँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिना यता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताउनु भयो ।

बोर्ड सदस्य कुँवरले भन्नुभयो, ‘विगत ४÷५ महिनादेखि परिषद्को बैठक बस्न नसकेर अन्योलता छाएको छ । त्यसको निकासको निम्ति हामीले सबै साथीहरु मिलेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग यसको निकास मागेका थियौँ । तर उहाँले भेट्न चाहनुभएन । हामीले ज्ञापन पत्र बुझाएका छौँ र बैठक नबसेको लगभग डेढ वर्ष हुन लागेको छ । त्यस कारणले गर्दा यो बोर्डको बैठक छिटो भन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ । लिखित रुपमा निवेदन पनि दिएका छौँ । उहाँको भनाइ अनुसार अहिलेको अवस्थामा सदस्य सचिव नभएकोले गाह्रो छ भन्नुभएको छ । तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ । हामीले खेल र खेलाडीको लागि, खेलकुद परिषद् भित्रको अन्योलताको निकासको निम्ति आह्वान गरेका छौँ ।’  

त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाउनु भयो । उहाँले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिंग भइरहेको बताउनु भयो । उहाँले खेलाडी र खेलमा रजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गर्नुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति छ । खेल क्षेत्रमा नवौं राष्ट्रिय खेलकुद गर्नुपर्ने मन्त्री अकर्मण्यताका कारणले गर्दा लथालिंग छ । उहाँले सदस्य सचिव हटाउनु भयो । त्यो भएको कारणले बोर्डका सबै सदस्यहरुले छिटो बैठक बस्न माग गरिएको हो । मन्त्रीले भेट्न चाहनुभएको छैन । यहाँ दर्ता गरेर तत्काल बैठक बोलाइयोस् भन्ने माग हो । खेलकुदलाई दर्बिलो बनाउन  खेलमा राजनीति नगर्न मन्त्रीज्यूलाई आग्रह गर्दछौँ ।’

अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योलताको निकासका निम्ति राष्ट्रिय खेलकुद महासंघका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने समय मागेपनि भेट्न मन्त्री गहतराजले नभेटेको बताउनु भयो । उहाँले खेलकुद मन्त्रीको यस्तो व्यवहारले खेलाडीहरुको आत्मबल घट्दै गएको पनि बताउनु भयो ।