४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज २ हजार ७४५ पीसीआर परीक्षण, ८५ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

२ हजार ७४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 

योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ४३५ जना संक्रमित निको भएका छन् । 

शनिवार मात्रै ९३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, शनिवार ३ संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ मन्त्रालयले जनाएको छ ।