५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन मार्फत ठगी गरेको अभियोगमा पक्राउ



अ+ अ-

काठमाडौं । अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।