११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा अहिले शिक्षाको अवस्था सन्तोषजनक छैनः पूर्वराष्ट्रपति



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गर्नुभएको छ ।
 
शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी खस्कदो रहेको बताउनु भएको हो । 

पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारा देखि सप्तरी सम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कदो रहेको बताउनुभयो । उहाँले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने बताउनुभयो । समाज रुपान्तरणको जग नै शिक्षा भएको पनि उहाँले बताउनुभयो । यस्तै शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि बताउनुभयो । 

पछिल्लो समय नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।