२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मालाई पन्छाउँदै मुम्बई इन्डियन्सको कप्तानमा हार्दिक पाण्ड्या



अ+ अ-

एजेन्सी । हार्दिक पाण्ड्याले आईपीएल २०२४ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् । मुम्बईले इन्डियन प्रिमियर लिगको १७ औं सिजनका लागि हार्दिकलाई कप्तान नियुक्त गरेको हो ।

यसको मतलब यो सिजन रोहित शर्मा टोलीको कप्तानीमा देखिने छैनन् । रोहितको कप्तानीमा मुम्बईले पाँच पटक आईपीएलको उपाधि जितेको छ ।

रोहित शर्माले आईपीएल २०२४ मा मुम्बई इन्डियन्सको कप्तानी गर्ने छैनन् । आईपीएलका पाँच उपाधि जितेको मुम्बईको टोलीले आगामी सिजनका लागि हार्दिकलाई टोलीको कमाण्ड दिने निर्णय गरेको हो ।

मुम्बईले हार्दिकलाई मिनी लिलामी अघि गुजरात टाइटन्ससँग व्यापार गरेर आफ्नो टोलीमा समावेश गरेको थियो ।

आईपीएलमा कप्तानका रुपमा हार्दिक पाण्ड्याको कीर्तिमान अतुलनीय रहेको छ । हार्दिकले पहिलो सिजनमा आफ्नो कप्तानीमा गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए । यससँगै गत सिजन पनि हार्दिकको कप्तानीमा टोली फाइनलमा पुगेको थियो ।

यही कारणले गर्दा मुम्बईको टोलीले यस सिजनका लागि हार्दिकमाथि विश्वास लिएको छ । जब हार्दिकलाई ट्रेड गरियो, उनले मुम्बईको जिम्मेवारी लिन सक्ने अनुमान गरिएको थियो ।

अर्कोतर्फ रोहित शर्माले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई पाँच पटक च्याम्पियन बनाएका छन् । रोहित सन् २०११ मा मुम्बईको टोलीमा सामेल भएका थिए र २०१३ मा उनलाई टोलीको नेतृत्व सुम्पिएको थियो । रोहितले यो वर्ष पहिलो पटक आईपीएलको उपाधि टोलीलाई दिएका थिए । यसपछि सन् २०१५, २०१७, २०१९ र २०२० मा रोहितको कप्तानीमा मुम्बईले आईपीएलको उपाधि जितेको थियो ।