• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

दिवंगत अभिनेता इरफान खानलाई २ फिल्मफेयर अवार्ड



एजेन्सी । हिन्दी सिनेमा इन्डस्ट्रीको सर्वाधिक प्रतिष्ठित अवार्ड फिल्मफेयर अवार्डको ६६ औं संस्करणका बिजेताहरु घोषणा गरिएको छ । 

शनिबार बेलुकादेखि अबेर रातसम्म चलेको उक्त अवार्ड समारोहमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । 

उक्त समारोहमा दिवंगत अभिनेता इरफान खानलाई दुई अवार्डको घोषणा गरियो । फिल्म ‘अंग्रेजी मिडियम’का लागि उत्कृष्ट अभिनेता चुनिँदा मरणोपरान्त उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि दिइएको छ । 

यसैगरी तापसी पन्नु स्टारर ‘थप्पड’ले ७ वटा अवार्ड जित्न सफल रह्यो । तापसी पन्नुले यसै फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् भने उत्कृष्ट फिल्म पनि थप्पड नै घोषणा भयो ।