१८ माघ २०८१, शुक्रबार
,
Latest
शनिबार तीन इजरायली बन्धक रिहा हुँदै गायिका एलिना चौहानको सम्वन्ध विच्छेद मुद्दा दर्ता भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन संसदमा बिजनेसको अभाव हुँदैनः सांसद न्यौपाने प्रतिपक्ष दलहरुको मागपछि बाध्य भएर सरकारले संसद बोलायोः वेदुराम भुषाल थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खानियो, कानूनी उपचार खोज्छौंः उपसभाति वाग्ले आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छः खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुन: श्रम स्वीकृति लिनेको संख्या ६८ हजार आठ सय ४१ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार चार सय २८ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो । रासस