११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलले बोलाए संसदीय दलको बैठक



अ+ अ-

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक डाकेका छन् । 

मुख्यमन्त्री पौडेलले आगामी बुधबारको लागि दलको बैठक बोलाएका हुन् । प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने बताइएको छ ।

यता एमालेकै सांसद अष्टलक्ष्मी शाक्यलगायतले अविश्वासको प्रस्ताव पेश गरेपछि उनले प्रस्ताव फिर्ता लिन निर्देशन दिने तयारी गरेका हुन् । अविश्वासको प्रस्ताव प्रदेश सभामा विचाराधीन रहेको छ ।  एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा एमालेकै माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यस्तै बुधबारको संसदीय दलको बैठकमा एमालेकै वरिष्ठ नेता नेपाल पक्षका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन । 

प्रदेश सभामा ११० सदस्यमध्ये एमालेको एकल बहुमत छ । जसमा नेकपा एमालेका ५७ नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नयाँ शक्ति पार्टी १ जना सांसद रहेका छन् ।