२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

भक्तपुरमा मनाइयो फरक ढङ्गले होली

भक्तपुरमा मनाइयो फरक ढङ्गले होली
अ अ+ अ-

भक्तपुर । ‘भिसीं द्यो या लगखङ लो वान ला, बिस्यु वाने माय्क स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभ्यायो कि, भाग्नु पर्ने गरी हेर्न आएको हो कि’ भक्तपुर नगरपालिका–९ तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गाइनेजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसंँगै बिदाइ गर्दथे । अहिले कतिपय स्थानीयवासीलाई त फागुसँग सम्बन्धित दाफा भजनका यस्ता गीतहरु पनि छन् भन्ने हेक्कै छैन । 

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्र्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदै छ । 

नेवारी परम्परानुसार यसलाई चिर स्वायगु अर्थात लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा रहेको भक्तपुरका संस्कृत्विद् ओम धौभडेल बताउनुहुन्छ । लिङ्गलाई केही वर्ष काँधमा नबोकी सवारी साधनमा राखेर घुमाए पनि अहिले भने वर्षौदेखिको परम्परा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः मा, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रुपमा पनि यो पर्वलाई लिने गरिन्छ । 

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बि’ अर्थात अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन अहिले लोप भइसकेको छ ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएकोे छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ । सात दिनसम्म लिङ्ग र योनीको पूजा एवं दर्शन पनि स्थानीयले गर्ने गरेका छन् । 

काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । भीमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिको रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएका छन् । 

पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रुपमा लिइन्छ । विगतमा भीमसेन पाटीको बाहिर नै झुण्ड्याउने परम्परा रहे पनि भक्तजनकोे गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलामा मन्दरसँगै झुण्ड्याउने गरेको मन्दिरका पुजारी केशरी कपाली बताउनुहुन्छ ।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दाहरू द्रौपतीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ । यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनीको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकको रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने जनविश्वास रहेको पुजारी कपाली बताउनुहुन्छ । 

साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात होली पर्व दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि विशेषतः भक्तपुरमा भीमसेन र द्रौपतीको यौन समागमसँग सम्बन्धित रहेने गरेको छ । चिर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होली भरी शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ ।
 
“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवान्को पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता किराफट्ङग्रादेखि पशुपक्षीमा समेत छ । यौनबिनाको जीवन अधुरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ” स्थानीय ६९ वषर््ीाय कालुचा प्रजापति बताउनुहुन्छ ।

पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुण्ड्याइएको लिङ्गलाई हल्लाउने गर्दछन् । फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ । त्यसपछि भने होली समाप्त हुने गर्दछ ।

मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने जन विश्वास अहिलेसम्म पनि रहेको पुजारी कपालीको भनाइ छ । त्यसो त भक्तपुरको होलीमा फरक किम्बदन्ती पनि पाइन्छ । संस्कृतविद् ओम धौभडेलका अनुसार परापूर्वकालमा साह्रै नै कामुक एक युवकले दैनिक आफ्नो कामवासना तृप्त गर्न आफूले देखेका महिलाहरुलाई शिकार बनाउन थाल्यो । महिलाहरु त्यो पुरुषसँग त्रसित भएपछि एक महिलाले त्यो कामातुर पुरुषलाई सजाय दिने र त्रासबाट मुक्त बनाउने उद्देश्यले यौन सम्बन्धको प्रस्ताव गरिन् । 

त्यसपछि कामातुर पुरुष आफ्नो अगाडि आए पछि ती महिलाले लुकाएर राखेको घरेलु हतियारले पुरुषको लिङ्ग काटिदिइन् र त्यस पुरुषको काटिएको लिङ्ग यही हो भनी देखाउन नगर परिक्रमा गराइन्, त्रसित महिलाहरुले त्यस पुरुषबाट छुटकारा पाएकामा खुशीयाली मनाए । त्यसै बेलादेखि यसरी लिङ्ग प्रर्दशन गर्ने प्रचलन रहेको धौभडेलको भनाइ छ । भीमसेनको मन्दिरको स्थापना १७औँ शताब्दीमा राजा जगतप्रकाश मल्ल निर्माण गरेको र भक्तपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि भएको अनुमान गरिएको छ । 

मल्लको समयमा नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने संस्कृतिविद् धौभडेल बताउनुहुन्छ । वसन्त ऋतुको आगामन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ  ।