• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

राष्ट्रियसभा फेरि ज्येष्ठ नागरिक र चुनाव हारेकाको आरक्षण बन्ने संकेत



फाईल फोटो

काठमाडौं । माघ ११ हुन लागेको राष्ट्रियसभाको निर्वाचनले यतिखेर राजनीतिक बृत्त तातेको छ । काठमाडौँको चिसो मौसममा पनि राष्ट्रियसभाको निर्वाचनको माहौलले विशेषगरी सत्तारुढ दललाई तताएको देखिएको छ ।

एकातिर सत्तारुढ प्रमुख दलका बृद्ध नेताहरु आफू मनोनित र निर्वाचित हुन पाउनुपर्ने अभिलाषा बोकेर पार्टी प्रमुखकोमा धाउन थालेका छन् भने अर्कातर्फ कुन दलका कति सांसद बन्ने र कोकस्ले यो अवसर पाउने भन्ने विषयमा मिडियाले पनि ती दललाई चर्चामा ल्याइदिँदा पनि चुनावी चर्चा चुलिएको छ । यही निर्वाचनको बार्गेनिङ हुनसक्छ आज प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक काठमाडौँमा बसेको छ । सायद चुनावी रसायनले होला शेखर र देउवाको बीचमा रहेका नेता गगन थापालाई पनि आज शेखरतर्फ तानेको छ ।

शेखर पक्ष काँग्रेसभित्रको अलग्गै काँग्रेस भए पनि उनीहरु यसरी भेला गरेका थिएनन् तर आज अकस्मात बसेको सो बैठकलाई देउवा काँग्रेसले चुनावकै बार्गेनिङका रुपमा लिएको छ । हुनत उनीहरुले यो भनेका छैनन् तर पनि देउवा पक्षका गोपालमान श्रेष्ठ र कृष्ण सिटौलाको नाम राष्ट्रियसभाको सदस्यमा आएपछि शेखरले पनि यता यो बैठक बोलाएका हुनसक्छन् ।

माओवादी र यता नेकपा एकिकृत समाजबादीमा पनि अवस्था त्यस्तै छ । जस्तो कि प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले दुई दिनअघि अकस्मात पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रियसभाको सदस्यको टिकट पाउनेमा पार्टी नै विस्वस्त त छैन तर पनि उनले पनि पो पदका लागि बार्गेनिङ गर्ने ठाउँ भने पाएका छन् । उकुसमुकुस भएपछि भित्रबाट कसरी निस्कने भनेर भद्रो हेरिरहेका उनले राजीनामा दिएर निस्कने एक उचित समय भने भेट्टाएका छन् ।

हिजो पनि राष्ट्रियसभा सभा बृद्ध नेताहरुलाई र चुनाव हारेका नेतालाई थन्काउने थलो भएकै हो । जस्तो कि चुनाव हारेपछि बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र यस्तै यस्तै प्रवृत्तिलाई हिजो यो सभामा पार्टीले ल्याएको थियो । अहिले पनि कृष्ण सिटौला र यस्तै यस्तै मार्का चुनाव हारेका र गोपालमान जस्ता प्रवृत्ति ज्येष्ठ नागरिकहरुबाट ल्याएर यहाँ थन्काउन खोजिएको सक्छ ।

उनीहरु यसका लागि मरिहत्ते गरेर लाग्नुले पार्टीमा रहेका युवा तथा हिजो चुनावमा टिकट नपाएका र चुनावमा भिड्ने अवसर नपाएका व्यक्तिहरु अहिले पनि पाखा लाग्ने पक्का छ । उता हरेक पार्टीका क्रियाशील र युवा नेता तथा कार्यकर्ताहरु भने चुनाव हारेका र हिजोका दिनमा पटक पटक अवसर पाएर, मन्त्री भएर अहिले बृद्धाअवस्थामा थन्किएर बसेकालाई फेरि राष्ट्रियसभामा ल्याइनु हुदैन भन्ने आवाज बडो टड्कारो रुपमा उठेको छ ।

यो पनि पढ्नुहोस- कस्तालाई निर्वाचित गर्ने राष्ट्रियसभामा ?

उनीहरु राष्ट्रियसभा देशका विभिन्न क्षेत्रका विद्वान तथा विज्ञ र सामाजिक जीवनका ख्यातिप्राप्त र सफलतम व्यक्तित्वहरुको संगमस्थल र विद्धतसभा बनाउनुपर्नेमा आरक्षण सभा बनाउन लागेको भन्दै चिन्ता पनि व्यक्त गर्दछन् । तर पनि राजनीति दलका नेताहरु भने सांसदजस्तो पदमा पनि पार्टीकै नेतालाई नगरेर किन अरु व्यक्तिलाई अवसर दिने अर्थात् सांसद बनाउने भन्ने पुरातनपन्थी सोचका कारण यस्तै पार्टी बृद्ध नेता र चुनाव हारेका नेतालाई जागिर खुवाउने थलोका रुपमा विकास गर्नमै रमाउने गरको छन् । हेरौँ, ठूला भनिएका पार्टीबाट अहिले पनि यस्तै काम हुनेजस्तो देखिँदैछ ।