• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   पत्रकार महासंघको चुनाव अनिश्चितकालसम्मका लागि स्थगित ★   विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली ★   भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त ★   ‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण ★   भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु ★   हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस ★   सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस– ब्रेन ट्युमर: अवस्था र भावी योजना ★   राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको ध्यानाकर्षण ★   एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ । आइतबारदेखि घट्न थालेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।

आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले घटेर एक लाख १६ हजार रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले घटि एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।