१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी
अ अ+ अ-

गण्डकी । पशुपालन व्यवसाय थोरै युवाको कम रोजाइमा पर्दछ । युवाहरु विदेशीने क्रम बढी रहेको अवस्थामा यहाँको एक दम्पती भने बाख्रापालन व्यवसायमा भविष्य देखेका छन् ।

पोखरा महानगरपालिका वडा नंं १६ अर्मला हिलप्वइन्टका सुरेन्द्र सुवेदी दम्पती भने यतिखेर बाख्रापालनबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय बन्नुभएको हो ।

उहाँका अनुसार दश वर्षअघि १२ स्थानीय खरिजातका माहु बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँको अर्मला हिलप्वइन्ट बाख्रा फार्ममा अहिले साना ठूला गरेर ९० बाख्रा पुगेका छन् । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुन्छ ।

“चरनको लागि बिहान सबेरै अर्मला काली लेकको वनमा ५९ वटा माउ बाख्रा लिएर जानु र ५ बजे फार्ममा फर्कनु दिनचर्या नै बन्नेको छ”, २८ वर्षीय सुरेन्द्रले भन्नुभयो, “एउटा उन्नत जातको बोयर बोकासहित ३० वटा पाठापाठी दिनमा पनि खोरमै हुन्छन् ।” पछिल्लो समयमा दानामा आधारित पशुपालनमा जोड दिइरहेकाअवस्थामा उहाँले भने चरनमा आधारित बाख्रापालन गर्दै आउनुभएको छ । माहु दिनभरि जङ्गलमा चर्दछन् खोरमा रहेका लागि फार्म परिसरमा रहेको नेपियर घाँस र मकै खुवाउने गरेको सुरेन्द्रले राससलाई जानकारी दिनुभयो ।

लेकको जडीबुटीमा चरेका खसी बोकाको मासु खाने पारखीको कारण माग बढेको छ । फार्ममा उत्पादन भएका खसी बोका बिक्री हुँदैन कि भन्नु पर्दैन ग्राहक खोरमा नै खरिद गर्न आउँछन् उहाँको भनाइ छ । दशजोड दुई पास गर्नुभएका सुरेन्द्रले भन्नुभयो, “स्थानीय खरिजातका बाख्रालाई तनहँुको बन्दीपुरबाट रु एक लाख ५० हजारमा खरिद गरेको बोयरजातको बोका दिएपछि जन्मेका पाठापाठीमा नश्ल सुधार हुँदा तौलसमेत बढेको कारण आम्दानीमा समेत वृद्धि भएको छ ।

कृषक सुरेन्द्र भन्नुहुन्छ, “बाख्रा वर्षमा दुई पटक ब्याउने गरेको र दुईदेखि तीनवटासम्म पाठापाठी पाउने गरेको छ । खोरमा जन्मेका बोका जिउँदो रु छ सयमा प्रतिकिलोमा बिक्री गर्ने गरेको र पाठी हुर्काउँदा अहिले खोर भरिएर थाहै नपाई व्यवसायमा परिणत भएको छ । ”

घर परिवारसँगै बसेर व्यवसाय गर्ने हो भने जीविकोपार्जनका लागि विदेशिनुपर्दैन भन्ने सोचका साथ सुरु गरेको बाख्रा फार्ममा अहिलेसम्म २० लाखभन्दा बढी लगानी भएको छ । आधुनिक खोर बनाउँदा मात्र साना किसानबाट रु १० लाख ऋण लिएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारीस्तरबाट कुनै पनि अनुदान सहयोग पाएको छैन । दिनभरि बाख्रा चराउने र साँझ तिनैको स्याहासुसार गर्नुपर्छ । कहाँ अनुदान पाइन्छ थाहा नै छैन । ”

समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाइमा गोठ रहेको छ भने केही माथि अर्मला कालीलेकको रोला, स्याम्से, सिचा, क्रेटो लागतका जङ्गलमा बाख्रा चराउन लाने गरेको २४ वर्षीया गङ्गाले बताउनुभयो ।

फागुन महिनामा कालीलेकमा चरनको लागि लैजाने गरेको चार महिनासम्म क्रेटोमा काठबाट निर्माण गरेको गोठमा राख्ने गरेको जनाउँदै उहाँले भन्नुभयो, “चिसोको कारण धेरै बाख्रा मर्ने गर्दछन् भन्ने खोरमा जन्मेका पाठापाठी पनि ६० प्रतिशत मात्र हुर्कने गरेका छन् ।”

बाघ, भालु, स्याललगायतका जङ्गली जनावरले आक्रमण गरी मार्ने गरेको छ भने कतिपय त चरणमा लडेर, लहरामा अड्के मर्ने गरेको उहाँको दुखेसो छ । पानी पर्न थालेपछि बाख्रालाई चरनमा लागेका जुका गोठमा आइपुग्दा बोका र पाठापाठीलाई समेत टोकेर दु:ख दिने गरेका छन् । गोठमा मात्र होइन यतिखेर बारीमा पनि जुकाको बिगबिगी छ ।

“व्यवसाय सञ्चालनको सुरुमा खासै ज्ञान थिएन गाह्रो महसुस भएको थियो चिसो स्थान भएको कारण कतिपय बाख्रा निमोनियाले मरेको दुखेसो सुनाउँदै”, दश जोड दुई पास गर्नुभएको गङ्गाले भन्नुभयो, “अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ ।”

पोखरा–१६ मौरी पकेट क्षेत्र घोषणा गरी सयौँ मौरीसहितका घार ५० प्रतिशत अनुदानमा स्थानीयलाई वितरण गरेको सुने पनि आफूले प्राप्त गर्न नसकेको जनाउँदै उहाँँहरुले भन्नुभयो, “बेरोजगार भएर मुलुकका युवा विदेशिएको वर्तमान अवस्थामा राज्यले स्वदेशमै स्वरोजगार सिर्जना गरी आयआर्जन गर्दै राज्यलाई समेत योगदान पुर्‍याउँदै आएका युवालाई अनुदानले छुन सकेको छैन । ”

दुई वर्ष अघि खरिद गरेर ल्याएको बोयर जातको बोकाबाट जन्मेका पाठीमा हाडनाता पर्ने हुँदा उत्पादनमा कमी आउन सक्दछ, सतप्रतिशत बोयरको बोका अनुदानमा पाउने हो भने विदेश होइन स्वदेशमै बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उहाँको भनाइ छ । फार्म र जङ्गलको विभिन्न स्थानमा रहेका खोरमा अहिले पनि बाख्राको जुतो ९मल० थुप्रियको छ बिक्री हुँदैन ।

पोखरा महानगर पशु महाशाखाको प्राविधिक टोलीसहित सुवेदीको अर्मला हिलप्वइन्ट बाख्रा फार्मको कालीलेक क्रेटा जङ्गलमा रहेको गोठमा पुगेर सम्पूर्ण बाख्रालाई पिपिआरको खोप लगाएको कृषि सञ्जाल पोखरा– १६ का अध्यक्ष जितबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सो अवसरमा वडाका सम्पूर्ण गाईलाई लम्पीस्किन र भैँसीलाई खोरेत रोगविरुद्धको पूर्ण खोपको व्यवस्था गरी महामारीबाट पशुलाई बचाउन सफल भएको उहाँको धारणा छ । पोखरा महानगर पशु विकास महाशाखा प्रमुख डा अशेष विश्वकर्माका अनुसार महानगरले कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रेरित गर्ने लक्ष्यका साथ उन्नत जातको बोका खरिदमा अनुदानका साथै घाँसका बिरुवा वितरण र आवश्यकताअनुसार खोप र तालिमको समेत व्यवस्था गर्दै आएको छ । रासस