१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दूधमा आत्मनिर्भर बन्यो काभ्रे

दूधमा आत्मनिर्भर बन्यो काभ्रे
अ अ+ अ-

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ । त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा स्याहारेको अवस्थामा नगरले नै रु पाँच हजार ‘सुत्केरी भत्ता’ गोठमै पुगेर दिएको थियो । “पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको रु सात हजारमध्ये पुन: रु पाँच हजार अनुदानमा ल्याएकको पाडी सुत्केरी भत्तामा फिर्ता आयो”, थापाले भन्नुभयो ।

थापाले रु दुई हजार नगरलाई दिएको ‘बोट’मा अहिले रु दुई लाख फलेको भन्दै थापा खुसी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलो बेतमा घरमा खाएर रु दुई लाखको दूध बेचेँ, अब पनि त्यही हुने अपेक्षा गरेको छु ।” ख्याकुकै माधव थापाको घरमा पनि भैँसीले खुसी थपेको छ । एक वर्षदेखि दैनिक पाँच लिटर दूध बेच्ने गर्नु भएको छ । नगरले अनुदानमा दिएकौ पाडी ठूलो भई ब्याएर ठूलो गुन लगाएको उहाँको भनाइ छ । उहाँले सो भैँसीबाट पहिलो बेतमा रु एक लाख ८० हजारको दूध विक्री गरेको सुनाउनुभयो ।

यस्तै नगरबाट पाडी अनुदान पाउनुभएकी स्थानीय शोभा थापाले एक वर्ष नपाल्दै ब्याएपछि घर खर्च चलाउने आधार बनेको बताउनुभयो । “भैँसीले दैनिक आठ लिटर दूध दिन्छ, यसमध्ये पाँच लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलेको छ”, उहाँले सुनाउनुभयो । पनौती नगरपालिकाले तीन वर्षको अवधिमा नौ सय १९ वटा पाडी वितरण गरेको थियो । यसमध्ये हाल तीन सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाको विबरणमा उल्लेख गरिएको छ ।

वर्षौंदेखि गाई पाल्दै आउनुभएकी पनौती–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थप्नुभएको थियो । नगरले ल्याएको अनुदानपछि भैँसी थपेर दूध विक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आउनुभएको बताउनुहुन्छ । “गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान वीमा र सुत्केरी प्रोत्सहानले अहिले अर्को भैँसी थप्ने सोचाइमा छु” सापकोटाले भन्नुभयो ।

वषौँदखि भैँसीपालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसी पाल्न छोडेको बताउने पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैँसी पालनमा ल्याएको अनुदान, वीमा र सुत्केरी प्रोत्साहनले पुन: व्यवसायिक भैँसीपालनमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ “विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिएँ, अहिले पुन: भैँसी पाल्न जाँगर चलाएको छु, अहिले मेरो गोठमा सात भैँसी छन् ।”

पनौती नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको उहाँको भनाइ छ । “भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ, भैसीको वीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहत मिलेको छ” पनौती–१२ कै भावना थापा भन्नुहुन्छ, “अब थप दुई भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु ।” पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ वटा भैँसी पाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “नगरले भत्तासँगै भ्याक्सिन र औषधि नि:शुल्क गर्दा यसप्रति आकर्षण पनि थपिएको छ ।”

पनौती नगरले आर्थिक वर्ष २०७४/७५ देखि नै ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’ अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेपछि सुरु गरिएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो । अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्याङ्कले देखाएको छ । त्यस आर्थिक वर्षको तथ्याङक अनुसार पनौती नगरमा चार हजार सात ४७ वटा भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब पाँच सय वटा भंैसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब ६ करोड रुपैयाँ भैँसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुनेगरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर यहीँ खपत हुने गरेको र २५ हजार काठमाडौँ उपत्यका लैजाने गरिन्थ्यो । यस अभियान सुरु गरेपछि भैँसीको सङ्ख्या पनि हाल झण्डै दोब्बर पुगेको छ ।

पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको शाखाले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य वीमा गर्नुपर्ने नियम राखिएको थियो । वीमा गरेवापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो । भैँसीलाई खोप, घाँसका बीउ नि:शुल्क उपलब्ध गराइदै आएको जनाइएको छ । कार्यक्रम लागू गर्दाका बखत दुई सय १७ भैसीलाई सुत्केरी भत्ता दिएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख लिलानाथ सापकोटाले बताउनुभयो । उहाँका अनुसार करिब एक हजार पाँच सय भैँसी–भत्ता किसानलाई वितरण गरिएको थियो । शाखाका अनुसार हाल करिब आठ हजार भैँसी पनौतीमा छन् । हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ । यसमध्ये ५० हजार लिटर काठमाडौ विक्रीका लागि पठाइन्छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पनौतीले पशुपालन क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गर्दा यस नगरमा मात्रै भैँसीको सङ्ख्या दोब्बर भई दोब्बर परिमाणमा दूध उत्पादन भएको हो । जिल्लाको अधिकांश क्षेत्रका बासिन्दा पशुपालनमै छन् । पछिल्लो केही वर्षदेखि व्यावसायिक रुपमा दुग्ध उत्पादन एवं मासुका लागि पशुपालन क्षेत्रमा लागेको पाइन्छ ।

काभ्रेपलान्चोक दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो २००९ सालमा नै सुरु भएको जिल्ला हो । जिल्लाबाट हाल उत्पादित दैनिक चार लाख लिटर दूध स्थानीय बजारसहित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खपत भैरहेको जिल्ला दुग्ध उत्पादक सङ्घका अध्यक्ष नारायणप्रसाद बडालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला वर्ष जिल्लामा पशुपालन व्यावसायिक हुँदै गएको र निरन्तर दूध उत्पादन बढिरहेको छ । “हाम्रै अध्ययनले पनि काभ्रेबाट दैनिक दुई लाख लिटरको हाराहारीमा अप्रशोधित मात्र दूध काठमाडौंँ उपत्यका जाने गरेको देखाएको छ, यसलाई केही बढाउने लक्ष्य लिएका छौँ”, अध्यक्ष बडालले भन्नुभयो । उहाँका अनुसार दैनिक जिल्लाबाट दुई लाख ५० हजार लिटर दूध काठमाडौ उपत्यका निर्यात हुने गरेको छ । निर्यातित सो परिमाणको दूध उपत्यकाको बजारमा २० प्रतिशतको हाराहारीमा रहेको बडालको भनाइ छ । विवरणका अनुसार उपत्यकामा दैनिक छ लाख लिटर दूध खपत हुन्छ ।

विश्व खाद्य सङ्गठनको सन् २०१० मा प्रकाशित तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकको दुई सय ६७ दुग्ध उत्पादक सहकारी संस्थाले सो वर्ष ७२ हजार एक सय मेट्रिक टन अप्रशोधित दूध उत्पादन गरेका थिए । यो मुलुकमै सबैभन्दा बढी उत्पादन रेकर्ड हो । काभ्रेपलाञ्चोक २०६७ सालमै दूधमा आत्मनिर्भर जिल्ला घोषणा भैसकेको हो । हाल जिल्लामा एक लाख ५५ हजार भैँसी एक लाख गाईपालन भइरहेको छ ।  यहाँ उत्पादित दूध जिल्लाको अलावा काठमाडाँै, भक्तपुर र ललितपुरमा खपत हुँदै आएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण जिल्लामा झण्डै १० प्रतिशतले दूधको उत्पादनमा कमी आएको थियो । पशु, चौपायाका लागि गोठ व्यवस्थापनको अभाव, दाना तथा आहारको कमी र दुधालु पशु, चौपाया भूकम्पका कारण मरेकाले भूकम्प गएको एक वर्षसम्ममा पनि दूधको उत्पादन पहिलेकै अवस्थामा फर्कन सकेको थिएन । भूकम्पका कारण काभ्रेपलाञ्चोकमा उत्पादनशील २ हजार ५ सय पशुचौपाया मरेका थिए ।

जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार भने जिल्लामा भूकम्पअघि दैनिक चार लाख लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादित दूधमध्ये दुई लाख १० हजार लिटर दूध काठमाडौं निर्यात भई त्यसबाट काभ्रेपलाञ्चोकमा दैनिक रु। एक करोड ५० लाख भित्रिने गरेको थियो । कार्यालयका अनुसार उत्पादनशील पशुबाट दूधको उत्पादन बढाउन समयसमयमा पशुपालनको पकेट क्षेत्रका किसानलाई पशु भिटामिन, मिनरललगायत राहत प्याकेज वितरण गर्दै आइएको छ ।

हाल दुग्ध विकास संस्थान ९डिडिसी० तथा निजी डेरीले दूधको विगत दुईदेखि चार महिनाको भुक्तानी रकम रोकिँदा किसानलाई समस्या निम्तिएको छ । दूध विक्रीबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले किसानलाई पशु आहारा जस्तै: घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सिर्जना भएको किसान सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष गोपालबहादुर तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार किसानको दूध विक्रीको पैसा रोकिँदा बैंक तथा वित्तिय संस्थाबाट पशुपालनका लागि लिएको कर्जाको किस्ता तिर्न धौ–धौ परेको छ । यसका लागि केन्द्रीय दुग्ध सहकारी सङ्घ तथा जिल्ला दुग्ध सहकारी सङ्घ २०८० मङ्सिर २६ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको सहमति अनुसार कृषकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम पौष मसान्तभित्रै गरिसक्ने, कृषकहरुबाट लिइरहेको दूधको परिमाण नघटाई सङ्कलन गर्नेलगायतको कार्य हुनुपर्ने जनाउँदै आन्दोलित भएका छन् ।

यस्तै ‘मिल्क होलिडे’ बन्द गरी जिल्लामा बाँकी रहेको करिब रु ५० करोड यथाशीघ्र भुक्तानी गर्न, आयातित दूध तथा दुधजन्य पदार्थलाई पूर्ण रुपमा बन्द गर्न, दूध किसानलाई जोगाई राख्न अनुदानका कार्यक्रमहरुलाई निरन्तरता दिन, उत्पादन लागत मूल्य घटाउने कार्यक्रमहरु सबै पालिकामा लागू गर्न, वीमा कार्यक्रमलाई प्राथमिकतामा राखी क्षतिपूर्ति भुक्तानी सहज बनाउन, दूध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेत, लम्कीजस्ता रोगमुक्त जिल्ला घोषणा गर्न प्रत्येक स्थानीय तहमा खोप अभियान सञ्चालन, निर्यात गर्ने दुग्ध पदार्थमा अनुदानको व्यवस्था गर्न, विगतमा पाइराखेको दूध चिस्यानको विद्युत् महसुल ५० प्रतिशत कायम गर्न, लम्की रोग लागेर क्षति भएका पशुहरुको अबिलम्ब क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै आएका हुन् । रासस