४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रसियन युद्ध सेनामा कार्यरत माओबादीका पूर्व लडाकुको पत्र…

रसियन युद्ध सेनामा कार्यरत माओबादीका पूर्व लडाकुको पत्र…
अ+ अ-

प्रिय साथीहरू
सार्वजनिक रुपमा एउटा जानकारी

म रसियन सेनामा भर्ति भएको भन्ने जानकारी पाएपछि नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थाबारे केही बोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ, यसबारे यहाँ आएका अरु साथीहरूले के बोल्छन्, के गर्छन् त्यो उनीहरुको विषय भयो ।

तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक बोकेर झण्डै १ दशक रगत र पसिना बगाइयो, अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई बिस्थापित गर्न सकिएन । परिणामतः आज पनि सत्ता र शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुँजीपतिहरुकै जगजगी छ, परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्धाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।

यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ति भइएको छ। पृष्ठभूमि, कथा र व्यथा भिन्नभिन्न होलान् तर बाध्यताले दोहोर्याएका हजारौं नेपाली युवा अहिले रसियन सेनामा भर्ति भई युद्धको मोर्चामा खटिइ रहनु भएको छ । युद्धरत देशको (यो सामान्य सैनिक जागिर जस्तो होइन) सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक र नकारात्मक सबै विषय अनुभूत गर्न सकिन्छ । यद्यपी यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु ।

युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ ? के-के गर्नुपर्छ ? के-के भोग्नुपर्छ ? सैन्य संठगन भित्र के गर्न पाइन्छ र के गर्न पाइन्न ? सैन्य कानुन र अनुशासन के-कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न । तसर्थ विषयवस्तुलाई यसरी सरल रुपमा बुझिदिनुहुन म विशेष आग्रह गर्दछु।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल र मिडिया हाउसहरु मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी र युरोपियन गठबन्धन एवम् तिनका एजेन्टहरुको मतियार बन्न सकिन्न । न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेको प्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा बन्दुक बोकेको प्रति कुनै गुनासो छ ।

आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला-पाइलामा चुनौती त छ नै यद्यपी हार कहिल्यै मानिदैन, गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ ।

अन्त्यमा :

सयौं साथीहरूले रसियन सेनामा भर्ति हुन आउनुपर्‍यो, के कसरी हो ? च्यानल मिलाइदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ । एक-एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन । तसर्थ यसै सार्वजनिक सूचना मार्फत जानकारी- यहाँ अहिले भर्ति बन्द छ, दलालहरुको भ्रममा नपर्नुहोला ।

धन्यवाद

-रूसी सेनामा कार्यरत पूर्व माओवादी लडाकु म्याग्दीका डाइमण्डको फेसबुकबाट