११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले नेपाललाई खोप उपलब्ध गराएर दुई देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छः प्रधानमन्त्री ( भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्धारा नेपाल सरकारलाई अनुदान स्वरुप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनु भएको हो । चीन सरकार द्धारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडी बढ्नको निम्ति महत्वपूर्ण हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडी लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडी बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडी बढाएको छ । यसले अझ थप बल पुर्याएको छ ।’

चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताउनुभयो । उहाँले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन् । तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिच्किचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्नेकुरा म स्पष्ट पार्न चाहान्छु ।’

कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत बताउनुभयो । कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ को विरुद्ध लडनका नेपालको साथम चीन सँधै रहेको बताउनुभयो । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पार्नुभयो ।