• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान ★   कालोपट्टी बाँधेर धर्नामा बसे संसद्का कर्मचारी ★   संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण ★   चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर ★   देशमा अत्याचार बढेको छ: सांसद पाण्डे ★   अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सांसद शर्माको ध्यानाकर्षण ★   मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो ★   नेकपा एस महाधिवेशन: मतदाता नामावली आज प्रकाशन हुँदै ★   मासिक ८२ हजारको जागिर छाडेर गुल्मीमा घाँसखेती गर्दै गोपाल ★   नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण: प्रधानमन्त्री

गृहिणीका स्तन र पाठेघर जाँच्न नेपाल क्यान्सर अस्पताल हरिसिद्धिको टोली गुल्मीको तम्घासमा



ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरको विशेषज्ञ चिकित्सक टोली गुल्मीको सदरमुकाम तम्घासका गृहिणीहरुको स्तन र पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन तम्घास पुगी उनीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

निजामति कर्मचारी श्रीमती संघ अनामनगर, काठमाण्डौको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूह  उपचारका लागि सहयोगी हातहरु र मदनदेवी फाउण्डेशनको सहयोगमा विशेषज्ञ चिकित्सक टोली पहिलोपल्ट नि:शुल्क शिवीर सञ्चालन गर्न तम्घास पुगेको थियो ।

तम्घासस्थित महेन्द्र मोडेल सेकेण्डरी स्कुलमा आयोजित स्थानीय गृहिणीहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि नि:शुल्क शिवीरमा क्यान्सरको लक्षण देखिएकाहरुलाई तत्काल उपचारको लागि नजिकको अस्पताल या क्यान्सर अस्पतालमा जान सुझाइएको उपचारका लागि सहयोगी हातहरुकी कोषाध्यक्ष रेजिना मुल्मीले बताइन् ।

नेपाल क्यान्सर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.अनुषा शर्मा, मेडिकल अफिसरहरु डा.विजिता शर्मा, आरसी अमात्य, नर्स शिला बस्नेत र धनदेवी महर्जनले शनिबार विहान ९ देखि ६ बजेसम्म २५० जनाको स्वास्थ्य परीक्षण गरि नि:शुल्क औषधि वितरण र स्वास्थ्य परामर्श दिएका थिए ।

सो शिवीरमा नेपाल क्यान्सर अस्पतालकी निर्देशक एवम् उपचारका लागि सहयोगी हातहरु संस्थाकी अध्यक्ष स्वरुपा श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई,कोषाध्यक्ष रेजिना मुल्मी, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष अन्जु अर्याल, नेपाल क्यान्सर अस्पतालका बजार व्यवस्थापक स्वयम् विक्रम शाह, सहयोग समूहकी रोजिना थापा लगायतले स्वयम्सेवा गरेका थिए ।