• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

३ दिनपछि खुलेको बजारमा नेप्से परिसूचक ५.४५ अंकले घट्यो, ४ अर्ब बढीको कारोबार



काठमाडौं । सोमबार नेप्से परिसूचक ५.४५ अंक घटेर २ हजार ५४३.५२ विन्दुमा बन्द भएको छ । चैत १३ गतेपछि खुलेको शेयर बजार अघिल्लो कारोबार दिनको तुलनामा ०.२१ प्रतिशत घटेको हो । 

सेन्सेटिभ इन्डेक्स ०.०९ प्रतिशत अर्थात् ०.३९ अंक घटेर ४४९.९२ विन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकम पनि अघिल्लो कारोबार दिनको भन्दा कम भएको छ ।

अघिल्लो कारोबार दिन गत बिहीबार पनि नेप्से परिसूचक ०.८३ प्रतिशत अर्थात् २१.२९ अंक घटेर २ हजार ५४८.९६ विन्दुमा बन्द भएको थियो । २ हजार ५५८.२३ विन्दुदेखि खुलेको सोमबारको बजार २ हजार ५६१.५१ विन्दुसम्म पुगेर तल झरेको हो ।

बिहीबार रू. ६ अर्ब ५० करोड ८ लाख ६ हजार बराबरको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर कारोबार भएकोमा सोमबार रू. ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार बराबरको ९१ करोड ३८ लाख ९३५ कित्ता शेयर कारोबार भएको हो । यो दिन २०९ वटा कम्पनीको ६४ हजार ५१५ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । 

जलविद्युत् समूहसँगै लघुवित्तको ०.९६ प्रतिशत र वित्त समूहको ०.४५ प्रतिशत परिसूचक बढेको छ । बाँकी १० वटा समूहको परिसूचक यो दिन घटेको छ । व्यापारिक समूहको ४.६२ प्रतिशत र होटल्स तथा पर्यटन समूहको ४ प्रतिशत परिसूचक घटेको छ भने बैंकिङको ०.३८ प्रतिशत, विकास बैंकको ०.०२ प्रतिशत, निर्जीवन बीमाको ०.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.३६ प्रतिशत, अन्यको ०.९९ प्रतिशत, जीवन बीमाको ०.१८ प्रतिशत, म्युचुअल फण्डको ०.४४ प्रतिशत र लगानी समूहको ०.०६ प्रतिशत परिसूचक घटेको छ ।

सामान्य अंकले घटेको बजारमा उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अजोड इन्स्योरेन्स, मिथिला लघुवित्त र समीट लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. २५१ ले बढेर अन्तिम मूल्य रू. २ हजार ७६१ कायम भएको छ ।

त्यस्तै अजोड इन्स्योरेन्सको ९.९२ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७० ले  बढेर अन्तिम मूल्य रू. ७७६, मिथिला लघुवित्तको ९.८५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५९१ र समीट लघुवित्त वित्तीय संस्थाको ९.४३ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १२८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४८५ कायम भएको छ ।

यो दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.१७ प्रतिशत घटेको छ । माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको उक्त कम्पनीको गत बिहीबार ३३ कारोबार दिनसम्म निरन्तर मूल्य बढेर प्रतिकित्ता रू. २ हजार ७९ पुगेको थियो । सोमबार ३४ कारोबार दिनमा कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको हो । यो दिन प्रतिकित्ता रू. १४९ ले घटेर उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ९३० कायम भएको छ ।

यस दिन कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ४४ करोड ३१ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. २ ले घटेर अन्तिममूल्य रू. ६०६ कायम भएको छ । सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ ।