• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

योसँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७२ हजार ६ सय १२ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित निको भएका छन् । 

सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको छ ।