४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपाल टाइगर्सले पहिलो पटक लिजेन्ड्स क्रिकेट लिगको उपाधि जित्यो



अ+ अ-

एजेन्सी । लिजेन्ड्स क्रिकेट लिगको फाइनल खेलमा मणिपाल टाइगर्सले अर्बनराईजर्स हैदरावादलाई पराजित गरेको छ । हरभजन सिंहको टिमले फाइनलमा सुरेश रैनाको टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा टाइगर्सले ५ विकेट गुमाएर १९३ रन जोड्दै खेल जित्यो । खेलमा रिकी क्लार्क र गुरकीरत सिंहले उत्कृष्ट ब्याटिङ गरेका थिए । यी दुईबीच शतकीय साझेदारी भयो ।

क्लार्कले ५२ बलमा ८० रन बनाए भने गुरकीरत सिंहले ६४ रनको उत्कृष्ट इनिङ्स खेले । यी दुई ब्याट्सम्यानको बलमा अर्बनराईजर्स हैदरावादको टोलीले १८७ रन बनाएको थियो ।

जवाफमा टाइगर्सका लागि असोला गुणरत्नेले २९ बलमा ५ छक्का प्रहार गर्दै अविजित ५१ रनको इनिङ खेल्दै टोलीलाई जिताउन सफल भए । असालाका अलावा थिसारा परेराले १३ बलमा २५ रनको अविजित इनिङ खेले । रोबिन उथप्पाको ब्याटबाट ४० रन आयो । यसरी मणिपाल टोलीले १९ ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै उपाधि जितेको हो ।