• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

एनआरएनए युरोपको सचिवमा अर्याल भन्छन्- नेपाली समुदायको हितमा काम गर्छु



काठमाडौं । गैह्र आवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिको सचिवमा एनआरएनए माल्टाका पूर्व अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्याल मनोनित भएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान २००३ अनुसार अर्याललाई सचिवमा मनोनित गरिएको युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जिवी खड्काले जानकारी दिए । क्षेत्रीय समितिको बैठकले अर्याललाई सचिव चयन गरेको हो । एनआरएनए अभियानमा सक्रिय अर्यालले पदको गरिमा कायम राखेर काम गर्ने बताएका छन् ।

युरोपमा नेपाली समुदायको उपस्थिति बाक्लो भइरहेकाले सबैको हक अधिकार र एकता कायम गर्न सचिवका रुपमा आफुले भुमिका खेल्ने अर्यालले बताए । प्रवासी नेपालीको साझा थलो एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा प्रयोग गर्नका लागि आफु लागिपर्ने बताउँदै सचिव अर्यालले पछिल्ला समय अभियानलाई खलबल्याउने प्रयासप्रति सबै सजक हुनुपर्ने बताए ।

युरोपभर रहेका नेपालीको श्रम, शिप र लगानीबाट नेपालले पनि लाभ लिनुपर्ने बताउँदै समृद्ध नेपाल निर्माणमा एनआरएनएको भुमिका सशक्त बनाउन आफु लागिपर्ने अर्यालको भनाइ छ । युरोपमा रहेका नेपाली समुदायको हितमा काम गर्ने बताउँदै यो अभियानमा सबैले साथ दिनुपर्ने अर्यालले बताए ।