११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी नेता मानन्धरको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

स्व मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित हुनुहुन्थ्यो । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित हुनुहुन्थ्यो ।