८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको ५७ औं मिनेटमा जिन फिलिपे मटेटाले पेनाल्टीमा गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७५ औं मिनेटमा जोर्डन एइयुले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि प्यालेस १० खेलाडीमा समेटिएको थियो ।

यस्तै, खेलको अन्त्यतिर इन्जुरी समयमा हार्वी इलीओटले गोल गर्दै लिभरपुललाई जित दिलाए । यो जितसँगै लिभरपुल १६ खेलबाट ३७ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । प्यालेस भने १६ अंकका साथ १५ औं स्थानमा छ ।