३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको ५७ औं मिनेटमा जिन फिलिपे मटेटाले पेनाल्टीमा गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७५ औं मिनेटमा जोर्डन एइयुले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि प्यालेस १० खेलाडीमा समेटिएको थियो ।

यस्तै, खेलको अन्त्यतिर इन्जुरी समयमा हार्वी इलीओटले गोल गर्दै लिभरपुललाई जित दिलाए । यो जितसँगै लिभरपुल १६ खेलबाट ३७ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । प्यालेस भने १६ अंकका साथ १५ औं स्थानमा छ ।