४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार थपिए १६७ संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

योसँगै हालसम्म मुलुकभर २ लाख ७७ हजार १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७२ हजार ७ सय २७ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११५ संक्रमित निको भएका छन् । 

मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेको छ ।