४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्धको टी–२० सिरिजअघि नै दक्षिण अफ्रिकालाई ठूलो झट्का



अ+ अ-

एजेन्सी । भारतविरुद्धको टी–२० सिरिजअघि नै दक्षिण अफ्रिकालाई ठूलो धक्का लागेको छ । दक्षिण अफ्रिकाका तिब्र गतिका बलर लुंगी एनगिडी खुट्टाको चोटका कारण भारत विरुद्धको तीन खेलको टी–२० सिरिजबाट बाहिरिएका छन् । लुंगी एनगिडीलाई मेडिकल टोलीको निगरानीमा राखिनेछ ।

भारत र दक्षिण अफ्रिकाबीच डिसेम्बर १० तारिखदेखि टी–२० सिरिज हुँदैछ । भारतीय टोली दक्षिण अफ्रिका पुगिसकेको छ । शृंखलाको पहिलो खेल डर्बनमा हुनेछ ।

लुंगी एनगिडी घाइते भएपछि फास्ट बलर बुरोन हेन्ड्रिक्सलाई टोलीमा समावेश गरिएको छ । यसका अलावा ओटनियल बार्टम्यान, नान्द्रे बर्जर, जेराल्ड कोएट्जी र लिजाद विलियम्स पनि टोलीमा छन् ।

यस सिरिजमा दक्षिण अफ्रिकाका उत्कृष्ट फास्ट बलर कागिसो रबाडालाई आराम दिइएको छ । लुंगी एनगिडीको बहिर्गमनका कारण दक्षिण अफ्रिकाको बलिङ कमजोर भएको मानिन्छ ।