११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँखु–जोरपाटी सडक निर्माण कार्य सुचारु



अ+ अ-

काठमाडौं । जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो । स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य शुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ । आयोजनाका इन्जिनियर बसन्तकुमार गाईं स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताउनुभयो । तरपनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गाईंले बताउनुभयो ।

जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०/७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । सडक खण्ड २२ मीटरको चौडा हुने छ । जसमा दुई दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ । कुल ११.४६ किलोमिटर लम्बाई रहेको चाबहिल–जोरपाटी–साँखु सडक खण्ड मध्ये चाबिहल देखि जोरपाटी बागमती पुल सम्मको सडक कालोपत्रे भइसकेको छ ।