१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड
अ अ+ अ-

गण्डकी:अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा आठौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाल र हिमाली संस्कृतिमा आधारित राष्ट्रहरु सङ्कटमा परिरहेको बताउँदै यसले पार्ने दीर्घकालीन असरप्रति वेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।

नेपालको हिमाल र हिमाली संस्कृति आपैmमा महत्वपूर्ण भएको बताउँदै अर्थमन्त्री महतले यसलाई पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक समृद्धिसँग जोड्न सकिने बताउनुभयो ।  विश्वव्यापी तापमान वृद्धिमा नेपाल जस्ता देशको भूमिका नरहेको उल्लेख गर्दै उहाँले विकसित एवम् औद्योगिक राष्ट्रहरुका कारण बढेको तापक्रमले जलवायुमा परिवर्तन आएको बताउनुभयो ।

नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो ।

जलवायु परिवर्तनकै कारण नेपालले बारम्वार बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले यसका कारण विकास निर्माणमा बढाएको लागतको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने बताउनुभयो । पर्वतीय सङ्ग्रहालयले नेपालको पर्वतीय संस्कृतिको प्रतिनिधित्व गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उहाँले सङ्ग्रहालय नपुगेसम्म पर्यटकको भ्रमण अधुरो हुने गरी विकास गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सरकारले पर्यटन, जलविद्युत्, कृषि र आईटीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उहाँले ठूला कङ्क्रिट भवन देखाएर होईन हाम्रो मौतिकता प्रस्तुत गरेर पर्यटन प्रवद्र्धन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।

विदेशबाट काठ आउने र स्वदेशको काठ जङ्गलमा कुहीने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार कटिवद्ध भएर लागेको बताउँदै उहाँले गाँजा र घरेलु मदिरालाई कानूनी मान्यता दिने प्रकृया अघि बढेको जानकारी दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष एवम् सङ्ग्रहालय संयोजक ठाकुरराज पाण्डे , सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपनो लगायतले सङ्ग्रहालयको महत्व र पर्यटन प्रवद्र्धनमा पुर्‍याउँदै आएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विगत लामो समयदेखि अहिंसा आन्दोलनलाई निरन्तरता दिएको गोरखाको चुननुम्री गाउँपालिकाका अध्यक्ष निमा लामा र पासाङ लामु गाउँपालिकालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने कार्यक्रम रहेको छ । सो अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइयो । नेपाल पंक्षी संरक्षण सङ्घसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।

किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे छ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुने कार्यक्रम रहेको छ । महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा। इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ । यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीका तस्वीर समेत प्रदर्शन गरिएको छ ।

महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । सोमबार ‘हिमाल किन कालो हुँदैछ रु के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ रु’ शीर्षकमा डब्लुडब्लु एफका डा। घनश्याम गुरुङ, इसिमोडकी डा। अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले वार्तालाप गर्नुहुने सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले जानकारी दिनुभयो । छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, राष्ट्रिय कलाकारबाट दोहोरी गीतको रौनक महोत्सवमा छ । २८ स्टल रहेको महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामाग्री, दैनिक उपभोग्य बस्तु र सेवा समावेश गरिएको छ ।रासस