• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारसमक्ष रास्वपाको ध्यानाकर्षण



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई नेपाल फर्काउन सरकारसमक्ष ध्यानाकर्षण गराएको छ ।

रास्वपाले परराष्ट्रमन्त्री एनपी साउदसमक्ष पार्टीको ध्यानाकर्षण–पत्र बुझाउँदै यसबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्तै, रास्वपाले बन्धक बनाइएकाको सकुशल रिहा तथा प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कुटनीतिक पहल गर्न परराष्ट्रमन्त्री साउदसमक्ष ध्यानाकर्षण समेत गराएको छ ।

सो अवसरमा रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरी सहभागी थिए ।