४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको फाइनल र सेमिफाइनल खेलाइएको भारतको स्टेडियमको पिच औसत – आईसीसी



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नरेन्द्र मोदी स्टेडियम र इडेन गार्डेनका पिचहरूलाई ‘औसत’ रेटिङ दिएको छ, जहाँ २०२३ को विश्वकप फाइनल र दोस्रो सेमिफाइनल (अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका) खेलिएको थियो ।

आईसीसी म्याच रेफ्री एन्डी पाइक्राफ्टले फाइनल खेलिएको नरेन्द्र मोदी स्टेडियमको पिचलाई मूल्याङ्कन गरे, जबकि पूर्व भारतीय फास्ट बलर जाभागल श्रीनाथले दोस्रो सेमिफाइनल खेलिएको इडेन गार्डेन पिचलाई मूल्याङ्कन गरे ।

दोस्रो सेमिफाइनल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेनमा कम स्कोर भएको खेल थियो । विकेटमा आँधी र आर्द्रताका कारण दक्षिण अफ्रिकाले २२ रनमा ४ विकेट गुमाएपछि पुनरागमन गर्दै २१२ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १६ बल बाँकी रहँदा ४७ औं ओभरको दोस्रो बलमा ३ विकेटले जित हात पारेको थियो ।

फाइनलको कुरा गर्ने हो भने दोस्रो सेमिफाइनलको तुलनामा भारत र अष्ट्रेलियाबीचको खेलमा अलिक बढी स्कोर देखिएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ सय ४० रन बनाएको थियो । दोस्रो इनिङ्ससम्म पिचमा आर्द्रता कम थियो, जसका कारण अष्ट्रेलियाले ४३ औं ओभरमा नै ६ विकेटले खेल जित्यो । तर, कप्तान प्याट कमिन्सले खेलअघि नै यहाँ खेल्न चिन्ता व्यक्त गरेका थिए ।

एकतर्फ यी दुवै पिचले औसत रेटिंग पाएका छन् भने अर्कोतर्फ भारत र न्यूजिल्याण्डबीचको सेमिफाइनल खेलेको र विवादको कारण बनेको मुम्बईको वानखेडेलाई राम्रो रेटिङ दिइएको छ । भारतले यहाँ ३९७/४ रनको ठूलो स्कोर बनाएको थियो ।