६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सङ्कल्प यात्रा: आज लमजुङ र गोरखा जाँदै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा टोली आज पोखराका विभिन्न स्थानका कार्यक्रम सकेर लमजुङ र गोरखा जाँदैछ ।

यात्राको नवौँ दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ । आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार, काँडे र भोर्लेटारमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट हुनेछ ।

बिहानको खाना लमजुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । आमसभा सकिएसँगै अध्यक्ष केपी शर्मा ओली हितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।

मध्य पहाडका सामाजिक आर्थिक,सांस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मङ्सिर १४ गतेबाट एमालेले मध्य पहाडी राजमार्गको यात्रा सुरु गरेको हो । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मङ्सिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस २ गते पाँचथरको चिवाभञ्जयाङ मा टुङ्गिनेछ ।