• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

यी हुन् सात नेपाली जोसँग एनसेल आजियाटाको ११ कित्ता शेयर छ



काठमाडौँ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडमा सात नेपालीको शेयर रहेको पाइएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा कम्पनी रजिस्ट्रारको कार्यालयले उपलब्ध गराएको कागजपत्रमा एनसेल आजियाटामा सात नेपालीको शेयर रहेको पाइएको हो ।

एनसेल आजियाटाको सबैभन्दा ठुलो शेयर धनीमा वेस्ट इन्डिजको चाल्सटाउन, नेभिजनमा दर्ता रहेको रेनोल्ड् होल्डिङ्स लिमिटेड रहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार एनसेल आजियाटामा रेनोल्ड् होल्डिङ्स लिमिटेडको आठ लाख कित्ता शेयर अर्थात् ८० प्रतिशत स्वामित्व छ ।

यसै गरी काठमाडौँ महानगरपालिका वडा नम्बर १३ मा रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिसँग दुई लाख कित्ता अर्थात् २० प्रतिशत शेयर स्वामित्व छ ।

यस बाहेक अन्य सात नेपाली नागरिकहरूको शेयर समेत एनसेलमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । यस्तो शेयर सार्वजनिक कम्पनीको रुपमा रूपान्तरण हुँदा स्वामित्व हस्तान्तरण गरिएको देखिन्छ ।

प्राइभेट लिमिटेड कम्पनी पब्लिक लिमिटेडमा परिणत हुन कम्तिमा सात जना शेयर धनी आवश्यक पर्ने कानुनी प्रावधान छ । सोही व्यवस्था पूर्ति गर्न एनसेल आजियाटाले ११ कित्ता शेयर थप गरी सात नेपाली नागरिकहरूलाई सो शेयर बिक्री गरेर २०७७ साउन १९ गते मा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

जसअनुसार, काठमाडौँ महानरपालिका वडा नम्बर २७ बस्ने लेना केशरी कंसाकारको नाममा दुई कित्ता, ललितपुर महानरपालिका वडा नम्बर १ का कविन मूलको नाममा एक कित्ता, काठमाडौँ महानरपालिका वडा नम्बर २९ का समीर राज गौतमको नाममा एक कित्ता, ललितपुर महानरपालिका वडा नम्बर २ का कन्चन सिंह कार्कीको नाममा दुई कित्ता, काठमाडौँ महानरपालिका वडा नम्बर १० का सम्पन्न राज भट्टको नाममा एक कित्ता, काठमाडौँ महानरपालिका वडा नम्बर ९ का ज्योति दाहालको नाममा दुई कित्ता र ललितपुर महानरपालिका वडा नम्बर ७ का उमा महर्जनको नाममा २ कित्ता एनसेल आजियाटाको सेयर रहेको छ ।

यी सबै शेयर धनीहरूले २०७५ चैत १ गते एकै पटक न्यूनतम प्रतिकित्ता शेयर १०० रुपैयाँमा खरिद गरेको कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यी शेयर धनीहरू समावेश गरी एनसेल पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो ।

कम्पनी रजिस्ट्रारको कार्यालयकाअनुसार सुनिभेराको २० प्रतिशत शेयर हिस्सा ३ अर्ब ३३ करोड २४ लाख १५ हजार रुपैयाँ मूल्यको रहेको छ र यो रकममा शेयर धनीले तिरेको लाभकरसमेत समावेश रहेको छ ।