२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

किन आउँछ शरीरमा सेता धर्सा ? के हुन् यो जान्नुहोस्

किन आउँछ शरीरमा सेता धर्सा ? के हुन् यो जान्नुहोस्
अ अ+ अ-

एजेन्सी । अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ। पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ ।

शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ रु छालारोग चिकित्सकहरू यसो भन्छन् :

के हुन् सेता धर्सा ?

शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ । नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन् । कतिपयमा राता धर्साहरू देखिने गरे पनि अधिकांशमा सेता धर्सा नै देखिन्छ । यो समस्या धेरैजसो महिलामा देखिने गरेको भए पनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ ।

सेता धर्सा आउने कारण

शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ । तर, अधिकांशमा आउने कारण भने एउटै छ । त्यो हो, छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु ।

बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण यही हो । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिन पुग्छ । यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् । यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउादा धर्साहरु झनै बढी देखिन सक्छन् ।

युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

लक्षण र उपचार

‘स्ट्रेच माक्र्स’ हुनुअघि कुनै पनि लक्षण देखिँदैन । यस्तो समस्या आउन नदिन पूर्वज्ञान लिएर विशेष अवस्थामा सचेत हुने नै हो । व्यायाम र खानपिनमा ध्यान दिँदै शरीर सन्तुलित बनाउने नै हो । बेलैमा सचेत भए सेता धर्साहरूको समस्या निम्तिँदैन । त्यसो त यस्ता सेता धर्सा कुनै रोग भने होइन । शारीरिक स्वास्थ्यमा यसले कुनै असर पुर्‍याउँदैन । तर, सौन्दर्यका लागि भने यो घातक देखिन्छ । विभिन्न मस्चराइजरको प्रयोगले यस्ता धर्सा मेटाउने पनि गरिन्छ । लेजर गरेर पनि हटाउन सकिन्छ ।

पेटमा सेता धर्सा भएर चिन्तित हुनुहुन्छ ?

मानिसहरु आफ्नो पेटमा भएका सेता धर्सा देखेर निराशिन्छन् । पुरुषमा भन्दा पनि महिलाहरुमा धेरै यस्तो समस्या देखिने गरेको छ । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियाका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् ।

सेता धर्साबाट छुट्कारा पाउनका लागि के गर्ने ?

विषेश औषधि हो, घ्यूकुमारी अथवा एलाभेरा । घ्यूकुमारी काटेर धर्सा परेको भागमा केही समय दल्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । तपाई यो प्रक्रियामा एक चौथाई एलोभेराको जेल, भिटामिन ए, इको क्याप्सुललाई आपसमा मिसाएर पनि दिनहुँ दल्न सक्नुहुन्छ । केही दिनमा तपाईले आफ्नो छालामा आएको परिवर्तन महसुस गर्नुहुनेछ ।

यसैगरी दैनिक १० ग्लास पानी पिउँनुहोस् । पानी पर्याप्त पिउनाले छालामा भएका स–साना प्लानहरुलाई सफा राख्न र उपचारका अन्य विधि सफल बनाउन पानी आवश्यक हुन्छ । छाला सुन्दर बनाउन चाहनले चिया, कफि सोडाबाट चाहिँ बच्नै पर्छ ।

यस्तै चिनी पनि यसको अचुक उपाय हो । चिनीमा यस्तो धर्सा हटाउन सक्ने गुण हुन्छ । एक चम्चा चिनी, आल्मन्डको तेल थोरै र केही थोपा कागतीको झोल मिसाउनुहोस् । राम्रो मिश्रण तयार पार्नुहोस् र त्यसलाई धर्सा भएको स्थानमा लगाउनुहोस् । १० मिनेटपछि धुनुहोस् । एक महिनासम्म यसो गर्नाले तपाईको छालामा आएको परिवर्तन हेरेर आफै दंग हुनुहोस् ।

यसैगरी ओलिभ आयलले पनि तपाईंलाई यस्तो दागबाट छुट्कारा दिलाउने छ । यमा महत्वपूर्ण पोषक, एन्टिअक्सिडेन्ट हुनेभएकाले यसले तपाईको छालालाई स्वस्थ राख्न मद्दत गर्छ । ओलिभ आयलमा भएको भिटामिन ए, डी र इले छालालाई सुन्दर बनाउँछ । ओलिभ आयलले धर्सा भएको स्थानमा मसाज गर्नुहोस् । एकघण्टा पछि धुनुहोस् ।

तपाईलाई थाहा नहुन सक्छ । आलुमा धेरै किसिमका भिटामिन र खनिज हुन्छ । यसले छालाको कोष निर्माण र उपचारमा सघाउ पुर्याउँछ । आलुलाई स्लाइसलाई जस्तै पातलो गरेर काट्नुहोस् । त्यस्तो स्लाइसलाई धर्सा भएको स्थानमा केही मिनेट दल्नुहोस् । छाला सुख्खा भएपछि मन तातो पानीले धुनुहोस् ।