काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री किन संसद उपस्थित नहुनका कारण माग गर्नुभएको छ ।
संसदको सुन्य समयमा बोल्दै सासंद बडुले प्रधानमन्त्री ओलीले आफू माथी सुरक्षा खतरा रहेको भन्ने अभिब्यक्ति दिएको र उहाँको सुरक्षका लागि गरिएको पछिल्लो ब्यवस्था बारे जानकारी दिन समेत माग गर्नुभयो ।
उहाँले प्रधानमन्त्री सुरक्षा खतरा कै कारण संसद बैठकमा उपस्थित नहुनु भएको हो की नैतिक खतराका कारण उपस्थित नहुनु भएको हो प्रधानमन्त्री , गृहमन्त्री वा सरकारका प्रवक्ताले जवाफल दिनुपर्ने माग गर्नुभयो ।
यदि प्रधानमन्त्री माथी सुरक्षा खतरा छैन भने किन गैर जिम्मेवार अभिब्यक्ति दिनुभयो भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो ।